विकास बहादुर महतको प्रोफाइल || Bikash Mahat’s Profile

जनता संवाददाता
२०८१ आश्विन ६ गते, आईतवार

विकास बहादुर महत हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका वडा नं ४ स्याम्ने गाउँमा जन्मिएका हुन् । त्यहाँको हिसाबमा सम्पन्न परिवारमा जन्मिएका महतको जिन्दगी खासै सोचेजस्तो सुखमय भएन । पारिवारिक पृष्ठभूमि नै राजनितिक भएकाले पनि उनी राजनितीमा होमिए । ४५ वर्षिय उनको जिन्दगीमा के कस्ता उतारचढाब आए ? कसरी आर्थिक रुपमा सबल भए ? राजनितीमा कसरी होमिए ? उनको अनुभवमा जिन्दगी के हो ? भोगाई कसरी ग्रहण गरे ? यि र यस्तै कुराहरु समेटिएको उनै विकास बहादुर महतको व्यक्तिगत प्रोफाइल प्रस्तुत छ ।

परिचयः
विकास बहादुर महत हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ४ स्याम्ने गाउँमा जन्मिएका हुन् । बाजे भियाले महत जिल्ला अदालतमा सुब्बा पदमा कार्यरत हुँदा धेरै समय निमित्त न्यायाधिसको भूमिका पनि निर्वाह गरिसकेका थिए । बुवा बिर्ष बहादुर महत पञ्चायत कालदेखि नै सक्रिय गणतन्त्र आउनु पूर्व जिल्लाको नेतृत्व समेत गरेकाले उनको सानै उमेरमा राजनितीमा चासो बढ्न थाल्यो । उनी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी, हुम्लाको अध्यक्षसमेत छन् ।

इतिहासः
२०५२ सालदेखि नै राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रुपमा लागेका महतको पारिवारिक पृष्ठभूमि पनि राजनितिक नै भएकाले केही रुपमा सहज भयो । विकट हुम्लामा जन्मिनु आफैमा चुनौती हुनु उनको लागि खासै नौलो कुरा थिएन । त्यसका बाबजुत पनि उनी काठमाडौँमा केही वर्ष संघर्ष गर्दै जाँदा उनमा नयाँ नयाँ सोच विचारहरु आउन थाले । समग्र नेपालको स्थितिमा नभएपनि हुम्लाको हिसाबमा सम्पन्न परिवारमा जन्मिनु सुखद भएपनि हुम्ला जस्तो विकट जिल्लामा जन्मिनु आफैँका चुनौती थियो ।

बाल्यकालः
एकदमै कष्टकर र उराठलाग्दो बाल्यकाल हुम्ला नै बिताएका महत त्यो बेलाका स्मरणिय क्षणलाई अहिले पनि सम्झिरहन्छन् । त्यो क्षणले नै अहिलेको जिन्दगी जिउन पाएको महशुस उनी गर्छन् । त्यो समय नै जिन्दगीको सुरुवाती चरण भएकाले उनको जीवनमा यो पल नै अविस्मरणिय रहने उनी बताउाछन् ।

शिक्षाः
प्रारम्भिक शिक्षा हुम्लामै पढेका महतले कक्षा ९ र १० को शिक्षा भने ललितपुरमा रहेको पाटन हाईस्कुलबाट लिएका हुन् । उच्च शिक्षा भने त्रिभुवन विश्व विद्यालयबाट गरे । अहिले राजनितीमा सक्रिय छन् । समाजमा रहेका समस्या, बेतिथिका विषयमा केन्द्रित छन् ।

सोच र योजनाः
पछिल्लो समय राजनितीमा सक्रिय रहेका महतका जिल्ला समृद्ध बनाउनका लागि थुप्रै सोच र योजना रहेका छन् । यहि व्यवस्थामा टेकेर जनताको अवस्था परिवर्तन गर्न नसकिने उनको ठम्याई छ । व्यवस्था फेरेर मात्रै जनताका अनेकन् आवश्यकता पुरा गर्नेमा उनी दृढ देखिन्छन् । यहि अनुरुप काम पनि गरिरहेका छन् । जनताको अवस्थामा परिवर्तनदेखि समाजको अवस्था परिवर्तन गर्ने उनका भविस्यका सोच र योजना छन् ।

सफलताका कथाहरुः
उनको सपना छोरीलाई कुनै पनि सरकारी सेवामा प्रवेश गराउने थियो, त्यो सपना पुरा भएकोमा यसलाई जिन्दगीलाई एक महत्वपूर्ण सफलताका रुपमा लिन्छन् । अर्को, १० वर्ष विदेशको बसाईँपछि स्वदेशमा आएर सक्रिय राजनितीमा लागेर जनताका समस्या बुझ्न उनीहरुसितै नजिक भएर महशुस गर्न सक्नु पनि उनी सफलता मान्छन् । यसका अलवा, १० वर्षको दक्षिण कोरियाको बसाईँपछि काठमाडौँ आएर ललितपुर इमाडोलमा (२.५) साढे दुई तले घर बनाउनु पनि उनको जीवनको महत्वपूर्ण सफलता हो ।

उपलब्धीः
उनले अहिलेसम्म थुप्रै उपलब्धीहरु हासिल गरिसकेका छन् । राजनितीक रुपमा खासे सोचेजस्तो सफलता हासिल नगरेपनि व्यक्तिगत रुपमा ललितपुरको इमाडोलमा आफ्नै घरदेखि छोरीलाई निजामति सेवामा प्रवेश गराईसकेका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भई सक्रिय राजनितीमा लाग्नु र जिल्लाको नेतृत्व गर्नु पनि उपलब्धी मान्छन् ।

राजनैतिक इतिहास तथा उपलब्धीः
परिवारिक पृष्ठभूमि नै राजनितीक भएकाले उनले यसमा सानैदेखि चासो राख्ने गरेका थिए । गणतन्त्र आएसँगै जनतालाई विशेषगरी माओवादीसँग आशा, भरोसा थियो । तर उनीहरुले यो पुरा नगरिसकेपछि उनीहरुको त्यो विश्वास निराशामा परिणत भएकाले राप्रपा नै देशको एक विशेष शक्ति भएको उनको दाबी छ । राप्रपा टुटफुटको अवस्थामा गईसकेको समयमा पुस्तान्तरण हुनुपर्छ भनेर केन्द्रमा आफुले लबिङ गरेको र त्यस अनुसार नै राजेन्द्र लिङ्देल केन्द्रिय अध्यक्ष र आफु हुम्ला जिल्ला अध्यक्ष भएकोमा आफू राजनितीक रुपमा सफल भएको मान्छन् ।

भविष्यका सपना र लक्ष्यः
राज्यको कुनैपनि कार्यकारी पदमा नपुगेका महत जनताप्रति कुनैपनि खालको बेईमान नगर्ने अठोट गर्छन् । यदि कुनै कार्यकारी पदमा नपुगेका खण्डमा पनि जिल्लाको, राष्ट्रको विकासका लागि आफुले गर्नुपर्ने कर्तव्यबाट पछि नहट्ने उनको दृढ अठोट छ । विशेषगरी हुम्लामा कुनैपनि अवसर पाएका खण्डमा सँधै जनताका हितमा काम गर्ने उनको प्रतिबद्धता छ । यसै अनुरुप काम प िनगरिरहेका छन् ।

सुझाव:
उनले सम्पूर्णलाई आफ्नो क्षमताले भ्याएसम्म काम गर्न सुझाव दिएका छन् । क्षमताले जति सकिन्छ, राष्ट्रका लागि योगदान गर्न समेत आह्वान गरेका छन् । यसमा नै आत्म सन्तुष्टि मिल्ने उनको विश्वास पनि छ । कुनैपनि कुरा थाहा पाएसम्म बेइमान नगर्न पनि उनको आग्रह छ । उनको जीवनमा पनि बेइमान गरेको समय सम्झनामा छैन ।

प्रकाशित मिति : २०८१ आश्विन ६ गते, आईतवार


Scroll to Top

Janata Media