सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ५९ हजार सात सय

जनता संवाददाता
२०८१ आश्विन ८ गते, मंगलवार

काठमाडौँ । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु. पाँच सयले वृद्धि भएको छ ।

सोमबार प्रतितोला रु. एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु.एक लाख ५९ हजार सात सय निर्धारण भएको छ । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

यस्तै, चाँदीको मूल्य आज तोलामा रु पाँचले घटेको छ । सोमबार प्रतितोला रु. एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु.एक हजार नौ सय १५ निर्धारण भएको छ । रासस

प्रकाशित मिति : २०८१ आश्विन ८ गते, मंगलवार


Scroll to Top

Janata Media