सिमकोट । जिल्लाको सिमकोट र ठेहेका युवाहरुबीच विवाद हुँदा पाँचजना सुरक्षाकर्मी सहित दशजना घाइते भएका छन् ।
हिजो साँझ सिमकोट माथिल्लो बजार कालिन्चोक स्थित मुक्ती कटेजबाट स्नोकर खेल्ने क्रममा शुरु भएको विवादले उग्र रुप लिँदा हिल्दुम साना जलविद्युत वितरण केन्द्रको अघि हानाहान हुँदा दश जना घाइते भएको जिल्ला प्ररी कार्यालयले जनाएको छ ।
ठेहेका युवाहरुले सिमकोटका केहि युवालाई पिटेर भागेपछि सिमकोटको खाद्यक गाउँका स्थानीय आएपछि दोहोरो झडपभएपछि सुरक्षाकर्मीसहित सिमकोट तल्लो गाउँका थप पाँच जना घाइते भएको छ ।
घाइते सबैजनाको जिल्ला अस्पततल सिमकोटमा उपचार भैरहेको छ । विवाद कसरी शुरु भयो भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।