काठमाडौैं । दाङमा प्रहरीले राप्ती नदीमा खसेर फसेका व्यक्तिको सकुशल उद्धार गरेको छ । सोमबार बिहान करिब साढे ६ बजेतिर राप्ती गाउँपालिका–३ स्थित खुरुरियामा रहेको झोलुङ्गे पुलबाट नदीमा बगेका दाउरा निकाल्ने क्रममा खसेका १३ वर्षीय सुधन चौधरीको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिएका छन् ।
उनका अनुसार सोही ठाउँ निवासी चौधरी नदीमा बगेका दाउरा निकाल्ने क्रममा नदीमा खसेका थिए । नदीमा खसेर पानी नभएको बिच भागमा फसेका चौधरीलाई इलाका प्रहरी कार्यालय भालुवाङ र ज्वालामाई गण सशस्त्र प्रहरी भालुवाङबाट खटिएको प्रहरी टोली सयुक्त रुपमा उद्धार गरेको थियो ।







