आज – २४ आश्विन २०८१ बिहिवार; यस्तो छ तपाईँको राशिफल

जनता संवाददाता
२०८१ आश्विन २४ गते, बिहीबार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट र चिन्ता बढ्न सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । गरेको कार्यमा सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोजगार वा नयाँ कार्यको अवसर मिल्नेछ । राजनैतिक वा कूटनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कृषि कार्यमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहने र नयाँ कार्यको थालनी होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अग्रजहरूको सल्लाह र अनुभव अनुसार कामगरे सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । काम गर्ने हौसला मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। वैदेशिक कार्य अघि बढ्ने र धनार्जन हुनेछ । -ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल

प्रकाशित मिति : २०८१ आश्विन २४ गते, बिहीबार


Scroll to Top

Janata Media