यूकेका प्रधानमन्त्रीलाई कारभित्र सीटबेल्ट नलाएकोमा जरिवाना

जनता संवाददाता
२०७९ माघ ७ गते, शनिबार

काठमाडौँ । यूकेका प्रधानमन्त्री ऋषि सुनकलाई चलिरहेको कारमा सामाजिक सञ्जालका लागि भिडिओ खिचिरहेको अवस्थामा सिट बेल्ट नलगाएकोमा जरिवाना तिराइएको छ। उनी कारको पछाडिपट्टिको सीमा बसेका थिए।

ल्यांकश प्रहरीले भनेको छ- लन्डनका ४२ वर्षीय पुरुषमाथि उसले फिक्स्ड पेनाल्टी नोटीस जारी गरेको छ।

ब्रिटेनको प्रधानमन्त्री कार्यालयले सुनकले पूर्ण रूपमा आफ्नो गल्ती स्वीकार गरेको र माफी मागेको जनाउँदै उनले जरिवाना तिर्ने बताएको छ।

सीट बेल्ट भएको अवस्थामा पनि त्यसलाई नलगाउने यात्रुहरूलाई १०० पाउन्ड (१६ हजार रुपैयाँ भन्दा बढी) जरिवाना गराउन सकिने व्यवस्था ब्रिटेनमा छ।

यदि कोही अदालतमा गएको खण्डमा त्यो बढेर ५०० पाउन्ड (८० हजार रुपैयाँ भन्दा बढी) पुग्न सक्छ। उत्तरी ब्रिटेनको भ्रमणका क्रममा प्रधानमन्त्री सुनक ल्यांकशमा रहँदा उक्त भिडिओ खिचिएको थियो।

विभिन्न ठाउँका खर्च सन्तुलन विषयका सरकारी नीति प्रवर्द्धन गर्न लिइएको उक्त भिडियो ब्रिटेनका प्रधानमन्त्रीको इन्स्टाग्राम खातामा राखिएको थियो।

प्रकाशित मिति : २०७९ माघ ७ गते, शनिबार


Scroll to Top

Janata Media