नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु

जनता संवाददाता
२०८१ कार्तिक ८ गते, बिहीबार

काठमाडौं । दाङको लमही नगरपालिका–२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर ज्यान गएको छ।

लमही नगरपालिका–२ रनियाँपुर निवासी १२ वर्षीया झरना चौधरी, निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुर घर भएर अहिले लमही नगरपालिका–५ लमही गल्ली बस्ने १२ वर्षीय कृष्टी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना राप्ती गाउँपालिकाको पत्थर बढवास्थित रहेको मार्टिन एकेडेमी कक्षा–४ र निशाले सोही विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी थिए ।

दिउँसो पौने दुई बजेको समयमा राप्ती नदीमा नुहाउने क्रममा डुबेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृतक बालिकाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते, बिहीबार


Scroll to Top

Janata Media