बुढानीलकण्ठमा बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

जनता संवाददाता
२०८१ कार्तिक १० गते, शनिबार

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका १२ नं वडाको आयोजना र बाल सचेतना केन्द्र नेपालको संयोजनमा बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं १२ को आयोजनामा, बाल सचेतना केन्द्र नेपालको सहयोगी भूमिकामा र नेपाल भारत मैत्री हस्पिटलको सहकार्यमा बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो ।

उक्त शिविरमा जनरल फिजिसियन, स्त्री रोग, मुटु रोग, नाक, कान, घाँटी, नसा तथा हाडजोर्नी, बाल रोग, प्रोस्टेट, मधुमेह लगायत विविध रोगको ल्याव सहितको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । करिक २०० जनाभन्दा बढीले आफ्नो स्वास्थ्य परीक्षण सहित सामान्य औषधोपचार गराएको बाल सचेतना केन्द्रका अध्यक्ष बाबुराम फुयालले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य परीक्षणसहितको औषधी उपचार बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म गरिएको थियो । त्यस लगत्तै औपचारिक कार्यक्रम गरेर समापन गरिएको थियो । बागमती प्रदेशका प्रदेश सभा सदस्य जयराम थापाको प्रमुख आतिथ्यतामा र बुढानिलकण्ठ नगरपालिका १२ नं वडाका वडाध्यक्ष शम्भुप्रसाद भट्टराईको सभापतित्वमा कार्यक्रमको औपचारिकतासँगै समापन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जयराम थापाले वृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम उत्साहपूर्ण रुपमा समापन गरेकोमा बधाईसँगै आफुले पनि यस्ता सराहनिय कामको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । त्यस्तै कार्यक्रमका सभापति बुढानिलकण्ठ नगरपालिका १२ नं वडाका वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले पनि यस्ता सेवाभावका कामहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा अन्य समाजसेवीदेखि शिक्षक, विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते, शनिबार


Scroll to Top

Janata Media