दार्चुलामा जिप दुर्घटना: पाँच जनाको मृत्यु, सात घाइते

जनता संवाददाता
२०८१ कार्तिक ३० गते, शुक्रबार

काठमाडौं । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको रात्रीजात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ फर्किँदै गरेको जिप शैल्यशिखर नगरपालिका–६ ग्वानीकोे बकजेबलामा दुर्घटना भएको छ ।

दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । मृतक र घाइतेहरूको पहिचान खुल्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालले बताए ।

मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ जादै गरेको म १ ज ३३८ नम्बरको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको हो ।

जिपमा बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खोजी भइरहेको प्रहरीले बताएको छ । जिप सडकबाट करिब १०० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते, शुक्रबार


Scroll to Top

Janata Media