हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाले सदरमुुकाम सिमकोटमा सञ्चालन गर्दै आएको सम्पर्क कार्यालयलाई गाउँपालिकामै सारेको छ । सिमकोटमा रहेको सम्पर्क कार्यालयबाट काम गर्दै आएको पालिकाले पालिकाबासिहरुको विरोध र दबाब पछि सम्पर्क कार्यालय पालिकामै सारेको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय मोहनबहादुुर शाहीले बिहीबारबाट सदरमुुकाम सिमकोटमा सञ्चालन हुँदै आएको सम्पर्क कार्यालयलाई बन्द गरी गाउँपालिका केन्द्रमा सारिएको बताए। उनले दुुईतिर कार्यालय स्थापना गर्दा घरभाडा दोहोरो तिर्नुपर्ने र त्यसबाट गाउँपालिकालाई आर्थिक व्ययभार पनि बढी हुने र गाउँका सेवाग्राहीहरुलाई काम गर्न पनि कठिन हुने देखिएपछि कार्यालय केन्द्रमा सारिएको जानकारी दिए ।
सिमकोटको सम्पर्क कार्यालयलाई बन्द गरेर त्यहाँ भएका कार्यालयका कागजात र अन्य सामाग्री सबै याल्वाङ लगिएको हो । उनका अनुसार गाउँपालिकाले गर्नुपर्ने सम्पूर्ण कामकाजहरु सबै केन्द्रबाटै हुनेछ । अब कार्यालयलाई पूर्णरुपमा सारिएको बताउँदै उनले इन्टरनेट सेवा सहज भए काम केन्द्रमै बसेर गर्न कुनै समस्या नहुने धारणा छ ।
यसअघि पनि इन्टरनेट सेवा प्रभावकारी नहुँदा लेखाको काम गर्न नसकिने भन्दै सम्पर्क कार्यालय सिमकोटमा खोलिएको थियो । गाउँपालिकाको सो कदमको केही दिन अगाडि गाउँपालिकाले सञ्चालन गरेको सार्वजनिक सुुनुुवाइ कार्यक्रममा चर्को विरोध सेवाग्राहीबाट भएको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनपछि नयाँ जनप्रतिनिधि आए लगत्तै मासिक मासिक २० हजार भाडा तिर्ने गरी एउटा घर र अन्य केही कोठा लगेको थियो । त्यो सँगै गाउँपालिका याल्वाङमा पनि सञ्चालनमा लागि ११ वटा कोठा लगेको थियो ।
जसको मासिक १७ हजार छ सय हालसम्म तिर्दै आएको छ । अब नाम्खा गाउँपालिका सदरमुुकाम सिमकोटको सम्पर्क कार्यालयको भाडाबाट मुक्त भएको छ । नयाँ निर्वाचित जनप्रतिनिधिहरु अध्यक्ष उपाध्यक्षले आफुु निर्वाचित भए लगत्तै सम्पर्क कार्यालयलाई केन्द्रमै सार्ने बताउँदै आएका थिए ।
उनले यसअघि गाउँपालिकाका अधिकांश काम सम्पर्क कार्यालयबाटै हुुुने हुुने हुँदा सेवाग्राही सास्ती खेप्नुुपरेको सुनाउँदै अब घर आँगनमै सेवा आउने भएपछि सहज भएको बताए ।