हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि देवकी तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उनी माओवादी नेता डा. दिपेन्द्र रोकायाकी श्रीमती हुन् ।
गत भदौमा गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सडक दुर्घटनमा परि मृत्यु भएको थियो । रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।







