स्रोत नखुलेको ९२ लाखसहित जोरपाटीबाट तीन पक्राउ

जनता संवाददाता
२०८१ पुष १० गते, बुधबार

काठमाडौँ । स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित काठमाडौंबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार उनीहरुलाई जोरपाटीबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रसुवाका जितबहादुर तामाङ, संखुवासभाका सन्तोष खाती र सिन्धुपाल्चोकका रविन धमला छन्। घटनामा संलग्न व्यक्तिहरू सुन कारोबारी हुन सक्ने प्रहरीको अनुमान छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८१ पुष १० गते, बुधबार


Scroll to Top

Janata Media