मोहन सिंह बुढा, सिमकोट । हुम्लाको एक घरमा आगलागी भएको छ । सिमकोट गाउँपालिका वडा नम्बर ५ स्थित तल्लो गाउँ निवासी बसन्त रोकायाको घरमा मंगलबार बिहान ९ः४५ बाट सुरु भएको अगलागी अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
खाना पकाउन प्रयोग गरिने धुवाँरहित फलामे चुलोको पाइपबाट आगलागी सुरु भइ रोकायाको ३ तले गरको माथिल्लो तला पुर्ण रुपमा नष्ट भएको छ । बिहानबाट सुरु भएको अगलागी अहिले सम्म पनि निरन्तर रहेकाले नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, बाल मन्दिर माविका विद्यार्थी र स्थानियको पहलमा निभाउने प्रयास अझै जारी रहेको छ ।
घरमा आगलगी हुने बित्तिकै सबैले थाह पाएपनी घरमा काठको प्रयोग धेरै भएका कारण निभौन अशज भएको देखिएको छ । आगालि नियन्त्रणका क्रममा रोकायाकी श्रीमती लक्ष्मी रोकायाको छातिमा र करङ चोट लागेको छ भने एक जना नेपाली सेना भर्याङबाट लडेर घाईते भएका छन् ।
आगलागी निरन्तर भर्इरहदा निभाउने प्रयास भइरहेकाले क्षेतीको विवरण आउन बाकिनज रहेको छ । भने घर आगालागिका करण विद्यार्थीले पनि अध्यन गर्न नपाएको देखिएको छ ।







