
काठमाडौँ । गीतकार दिलकुमार तामाङको देशभक्तिपूर्ण भावयुक्त शब्दहरूमा रहेको नयाँ गीत ‘धेरै गर्व गर्यौँ हामीले’ को लिरिकल भिडियो सार्वजनिक भएको छ ।
‘भर्सटायल’ गायक राजेशपायल राई र नेपाल आइडलबाट नेपाली साङ्गीतिक क्षेत्रमा उदाएकी गायिका ममता गुरुङको स्वर रहेको उक्त गीतमा सङ्गीतकार दीपक शर्माले सङ्गीत भरेका छन् ।
गीतमार्फत् तामाङले नेपालीको इतिहास र वीरताको गर्व र आत्मरतिमा असाध्यै रमाउने गरेका तर वीरतापूर्ण इतिहासको जगमा देशको पहिचानलाई विश्व मञ्चमा अझैमाथि उठाउन मिहेनत र इमानको कमी रहेको सन्देश दिएका छन् । देशको सम्मुन्नतिका लागि इतिहासको गौरवका साथसाथै सम्पूर्ण नेपालीजन मिहेनती, प्रतिवद्ध र इमानी हुन आवश्यक रहेको तामाङद्वारा लिखित गीतको केन्द्रीय भाव हो ।
जातीय, भाषिक, धार्मिक र साँस्कृतिक रूपमा मात्रै नभएर भौगोलिक रूपमा पनि हिमाल, पहाड र तराईको सङ्गमताले नेपालको विविधता झल्किएको र त्यो नै नेपालको पहिचान र निधिको रूपमा गीतकार तामाङले चित्रण गरेका छन् । निजामती सेवामा सेवारत गीतकार तामाङ उपसचिव हुन् ।