अनामनगर धोबीखोलामा कार खस्यो

जनता संवाददाता
२०८१ पुष २१ गते, आईतवार

काठमाडौं । काठमाडौंको अनामनगरमा धोबीखोलामा एउटा कार खसेको छ । बिहान ६ बजेतिर उक्त कार खोलामा खसेको स्थानीयले जनाएका छन् ।

बीएए ८७१४ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन । चालक सकुशल रहेको पाइएको छ ।

प्रकाशित मिति : २०८१ पुष २१ गते, आईतवार


Scroll to Top

Janata Media