सुनिल भण्डारीको पहिलो एकल गीत “आउन आउन घर” सार्वजनिक

जनता संवाददाता
२०८१ पुष २१ गते, आईतवार

काठमाडौँ । अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक, गीतकार र सङ्गीतकार सुनिल भण्डारीले आफ्नो पहिलो एकल म्युजिक भिडियो “आउन आउन घर” आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्। यस गीतमा चलचित्र क्षेत्रकी अनुभवी कलाकार रश्मी भट्टले आमाको भूमिका निर्वाह गरेकी छन्।

गीतले आफ्नो देश छोडेर करिअरका लागि बिदेसिएका व्यक्तिहरूको मातृभूमिप्रतिको प्रेम र तिनीहरूलाई स्वदेश फर्कन प्रेरित गर्ने कथावस्तु प्रस्तुत गरेको छ। गीतको मूल सन्देश “आफ्नो घर फर्क” रहेको छ।

नितिन चन्दको निर्देशनमा बनेको यस गीतको सङ्गीत व्यवस्थापन प्रकाश केसीले गरेका छन्। गीतको सङ्गीत स्वयं सुनिल भण्डारीले आफ्नै कार चलाउने क्रममा सिर्जना गरेका थिए। सोही प्रेरणाबाट सुरु भएको यो यात्रा अहिले गीतको रूपमा सार्वजनिक भएको छ, जसले मातृभूमि प्रेमी नेपालीहरूलाई आफ्नै देशमा फर्कन र योगदान दिन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८१ पुष २१ गते, आईतवार


Scroll to Top

Janata Media