काठमाडौँ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ । पर्थमा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो ।
भारतले दिएको एक सय ३४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । उसका डेभिड मिलरले ५९ र एडन मारकरमले ५२ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंहले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय ३३ रन बनायो । उसका सूर्यकुमार यादवले ६८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ४ र वेन पार्नेलले ३ विकेट लिए ।
यो जितसँगै दक्षिण अफ्रिका ३ खेलमा ५ अङ्कसहित समूह ‘२’को तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भारत ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ ।