सार्वजनिक यातायातको भाडा बढ्यो

जनता संवाददाता
२०८१ पुष २२ गते, सोमबार

काठमाडौँ । यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ ।

विभागका अनुसार अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाइएको हो । यात्रुवाहक सवारीको भाडा ३.३० प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.०५ प्रतिशतले भाडादर वृद्धि भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष २२ गते, सोमबार


Scroll to Top

Janata Media