राष्ट्रपति पौडेलद्वारा भूमि सम्बन्धी अध्यादेश पनि जारी

जनता संवाददाता
२०८१ माघ २ गते, बुधबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नुभएको जानकारी गराएका हुन् ।

यसअघि पुस २९ गते राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ अध्यादेश जारी गरेका थिए।

राष्ट्रपतिबाट जारी भएको अध्यादेश ६० दिनमा संसदबाट अनुमोदित हुनुपर्छ।

प्रकाशित मिति : २०८१ माघ २ गते, बुधबार


Scroll to Top

Janata Media