एपिएफले आर्मीलाई हरायो

जनता संवाददाता
२०८१ माघ ९ गते, बुधबार

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले राष्ट्रिय महिला लिगको सुपर चरणमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको विभागीय डर्बीमा एपिएफले आर्मीलाई २–१ गोलले हरायो ।

एपिएफको जितमा रश्मी घिसिङले २३औँ र अनिता बस्नेतले ३८औँ गोल मिनेटमा गोल गरे । आर्मीकी अमिसा कार्कीले ८३औँ मिनेटमा सान्त्वना गोल फर्काए ।

प्रकाशित मिति : २०८१ माघ ९ गते, बुधबार


Scroll to Top

Janata Media