
अधिकांश मानिसलाई आफ्नो निद्रा पुरा भएको छैन भन्ने थाहा हुन्छ, तर एक दिनमा कति निद्रा चाहिन्छ भन्ने कुरा भने थाहा हुँदैन । अमेरिकामा भएको एक अध्ययनले व्यक्तिको निद्रालाई उसको उमेरसँग जोडेर फरक फरक तथ्य सार्वजनिक गरेको छ ।
नियमित जीवनशैलीको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्सको सेवन लगायतका कुराले दैनिक दिनचर्यामा प्रभावित पार्ने अध्ययनले पत्ता लगाएको छ । अमेरिकाको भर्जिनियास्थित एरलींगटनको च्यारीटी नेशनल स्लीप फाउण्डेशनका अनुसार हरेक व्यक्तिको जीवनशैली उसको निद्रामा निर्भर गर्छ । व्यक्तिको उमेर अनुसार उसलाई आवश्यक पर्ने निद्राको समय पनि फरक हुन्छ ।
नवजात जन्मेदेखि तीन महिना सम्म हरेक दिन १४ देखि १७ घण्टा निद्रा आवश्यक पर्छ । ११ देखि १३ घण्टा पनि पर्याप्त हुन्छ तर १९ घण्टा भन्दा बढी निद्रा फाइदाजनक नहुने अध्ययनको निष्कर्ष छ ।
शिशु ४ देखि ११ महिना हरेक दिन १२ देखि १५ घण्टा निद्रा आवश्यक हुन्छ । कम्तिमा १० घण्टा पर्याप्त हुन्छ तर १८ घण्टा भन्दा बढी निद्रा उपयुक्त हुँदैन । सानो बच्चा (एक देखि दुई वर्ष) ११ देखि १४ घण्टाको निद्रा उपयुक्त हुन्छ । ९ घण्टा देखि १६ घण्टासम्मको निद्राले नोक्सानी गर्दैन ।
तीन देखि पाँच वर्षका बालबालिका १० देखि १३ घण्टाको निद्रा उपयुक्त मानिन्छ । आठ घण्टा भन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा उपयुक्त मानिदैन । स्कुल जाने उमेरका बालबालिका ६ देखि १३ वर्ष ९ घण्टा देखि ११ घण्टा उपयुक्त मानिन्छ । यो उमेर समुहका बालबालिकाका लागि ७ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी निद्रा फाइदाजनक मानिदैन ।
किशोरावस्था १४ देखि १७ वर्ष यो उमेर समुहका लागि ८ देखि १० घण्टाको निद्रा आवश्यक मानिन्छ । सात घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी निद्रा भने उपयुक्त मानिदैन ।
वयस्क १८ देखि २५ वर्ष नौ जवान वयस्कका लागि सात देखि ९ घण्टाको निद्रा पर्याप्त मानिन्छ । ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी निद्रा उपयुक्त मानिदैन । २६ देखि ६४ वर्ष यो उमेर समुहका मानिसलाई पनि वयस्कलाई जति नै निद्रा आवश्यक पर्ने अध्ययनबाट पुष्टि भएको छ ।
वृद्ध ६४ वर्ष भन्दा माथि यो उमेर समुहका मानिसका लागि ७ देखि ८ घण्टाको निद्रा उपयुक्त मानिन्छ । पाँच घण्टा भन्दा कम र ९ घण्टा भन्दा बढी निद्रा उपयुक्त मानिदैन । नेशनल स्लीप फाउण्डेशनका विशेषज्ञहरुका अनुसार राम्रो निद्रा कसरी प्राप्त गर्न सकिन्छ भन्ने सुझाव पनि दिएका छन् ।
यो सामग्री एजेन्सीबाट साभार गरिएको हो ।