पोखरा महानगरका प्रमुख आचार्य अस्पतालबाट डिस्चार्ज

जनता संवाददाता
२०८१ फाल्गुन ८ गते, बिहीबार

काठमाडौँ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणको समयमा बेलुन फुटेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र प्रमुख आचार्य घाइते भएका थिए ।

उपचाररत प्रमुख बिहीबार अपराह्न अस्पतालबाट डिस्चार्ज भएका हुन् । अर्थमन्त्री पौडेल तीन दिन अघिनै डिस्चार्ज भएका थिए ।

उनले सामाजिक सञ्चाल फेसबुकमार्फत आफु अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका हुन् । साथै उनले उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौँ, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवारलाई हृदयदेखि आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते, बिहीबार


Scroll to Top

Janata Media