
तपेन्द्र कार्की, मुगु । अक्कल कोपिला फाउन्डेसनको सहयोगमा मुगुमा पक्की धर्मशाला निर्माण भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ५ कार्कीवाडा खोलामा पक्की धर्मशाला निर्माण भएको हो ।
कार्कीवाडा गाउँका युवा बालचन्द्र कार्कीको अगुवाईमा छायांनाथ रारा नगरपालिका वडा नं ५ समाजसेवि अक्कल बोहोराले गत बर्ष गृह जिल्ला मुगु आएको बेला कार्कीबाडा खोलामा बालचन्द्र कार्कीको अगुवाईमा धर्मशाला निर्माण गर्ने योजनाका साथ अक्कलकोपिला फाउन्डेसनको २ लाख र कार्कीवाडा गाउँका युवाको श्रमदानमा पक्की धर्मशाला निर्माण भएको हो
पक्की धर्मशाला निर्माण भए संगै ५ नम्बर वडाका स्थानीय लाई काजक्रिया लगायतका कामगर्न, पानी परेको बेला ओत लाग्न सहज भएको छ । अक्कल कोपिला फाउण्डेसनले थुप्रै सामाजिक कामहरु गर्दै आइरहेको छ ।