दिपक बुढा, मुगु । मृगुको सदरमुकाम गमगढीमा भिषण आगलागी भएको छ । आज मध्य राति सदरमुकाम गमगढीमा भीषण आगलागी भएको हो ।
नरेश शाहीले सञ्चालन गरेको ईन्टरसफ कम्प्युटर पसलबाट लागेको आगोले सात ओटा घर र एक घुम्तिमा आगलाी भएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले जानकारी दिए ।
‘अहिले घटनाको विस्तृत सववरण आउन सकेको छैन । कारण पनि खुलिसकेको छैन । प्रहरी सँग सहकार्य गरेर अलिे अवस्था सामान्य भएको छ । छिट्टै घटनाको विस्तृत विवरण आउँछ ।’ जनता मिडियासँग उनले भने ।







