रोस फुटबलको मुख्य प्रशिक्षकमा नियुक्त

जनता संवाददाता
२०८१ फाल्गुन १८ गते, आईतवार

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार अस्ट्रेलियाका रोसलाई एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । रोस एक महिनाअघिनै नेपाल आएका थिए ।

तर एन्फाले आइतबार मात्र रोसलाई औपचारिक सार्वजनिक गरेको छ । रोसले सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्ने बताईएको छ ।

‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त रोस यसअघि सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षकको जिम्मेवारीमा थिए ।

नेपाली टोलीका पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल आठ महिना अघि सकिएपछि नेपाली पुरुष टोली प्रशिक्षकबिहीन थियो ।

रोसको प्रशिक्षणमा नेपालले अब एएफसी एसिएन कप छनोट २०२७ को खेल खेल्नेछ । एन्फाले छनोट खेलको तयारीका लागि रोसलाई नियुक्त गरेको हो ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते, आईतवार


Scroll to Top

Janata Media