सडक दुर्घटनामा प्रहरीको मृत्यु

जनता संवाददाता
२०८१ फाल्गुन १९ गते, सोमबार

काठमाडौं । कैलालीको ६ लेन सडकमा सवारी दुर्घटनामा परी प्रहरी नायब निरीक्षक (सई) ३४ वर्षीय योगेन्द्रबहादुर बोहराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–२ स्थित ६ लेन सडकमा बोहरा सवार सुपप्र ०१–००९ प. ३४२९ नम्बरको स्कुटर आज बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

बझाङ घर भएका बोहरा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको निजी सुरक्षा गार्ड (पिएसओ) को रूपमा खट्दै आएका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते, सोमबार


Scroll to Top

Janata Media