पूर्वराजा शाहलाई बालेनको सात लाख ९३ हजार जरिवाना

जनता संवाददाता
२०८१ चैत्र १६ गते, शनिबार

काठमाडौँ । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिवाना तोकेको छ ।

काठमाडौं–३२ तीनकुनेमा शुक्रबार पूर्व राजाको पक्षमा भएको प्रदर्शनका क्रममा सार्वजनिक स्थानमा फोहोर मैला गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरी क्षति गरेको, भौतिक संरचना भत्काएको, निजी सम्पत्तिमा हानी गरेकोसहितका शीर्षकमा महानगरले पूर्वराजा शाहको नाममा शनिबार जरिवाना पत्र काटिएको हो ।

महानगरद्वारा शनिबार जारी जरिवानासम्बन्धी पत्रमा विभिन्न शीर्षकमा सो रकमको जरिवाना तोकेको हो । हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर महानगरले छुट्टाछुट्टै जरिवाना तिराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते, शनिबार


Scroll to Top

Janata Media