डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु

जनता संवाददाता
२०८१ चैत्र २५ गते, सोमबार

काठमाडौं । डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका(३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जनजागरण सामुदायिक वनमा सडेगलेका काठ सङ्कलन गरी नजिकै सेलानेको खोलामा घाटमा गद्दी (जम्मा) गर्न लैजाँदै गरेको बा।प्र। ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार सवारी अनियन्त्रित भएर सडक किनारामा पल्टिँदा ट्रकमा सवार बडिकेदार गाउँपालिका-३ देवलका २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो ।

गुरुङको ट्रकमा रहेका काठले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको र सोही ट्रकमा सवार रएका सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको स्थानीय स्वास्थ्यचौकी मूलीचौरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बडीकेदार गाउँपालिका-३ का वडा सदस्य प्रकाश लामाले जानकारी दिए । ट्रक चालक बडिकेदार गाउँपालिका-२ बर्छैनका २९ वर्षीय गोपाल बडेलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते, सोमबार


Scroll to Top

Janata Media