
कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाबाट अवैध रुपमा भित्रिएको अन्दाजी ३ लाख ६० हजार मूल्यको अण्डरवेयर बरामद भएको छ ।
नगरपालिकाको वडा ५ कन्चनियाबाट शनिवार राति ९ बजे पुरुषले प्रयोग गर्ने २ हजार ४ सय थान कट्टुसहित एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बा ४ प १५२३ नम्बरको डबल क्याप भ्यानमा भन्सार नगरी ती वस्तु भित्राइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताए ।
इप्रका कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको टोलीले सवारी चलाउने काठमाडौँ महानगरपालिका –२ बस्ने वर्ष २३ को अनुप पन्तलाई नियन्त्रणमा लिएको छ । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।