सुनको मूल्य तोलामा पाँच सयले घट्यो

जनता संवाददाता
२०८१ आश्विन २१ गते, सोमबार

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएको मा सोमबारका लागि भने एक लाख ६० हजार ५०० निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा पाँचले घटेको छ । आइतबार प्रतितोला एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार ९८० मा निर्धारण भएको छ ।

प्रकाशित मिति : २०८१ आश्विन २१ गते, सोमबार


Scroll to Top

Janata Media