दृष्टिविहीन युवती बलात्कृत, २८ हप्ताको गर्भ पेटमा

जनता संवाददाता
२०८१ चैत्र २७ गते, बुधबार

अछाम । अछाममा एक दृष्टिविहीन युवतीमाथि बलात्कार भएको घटना झण्डै सात महिनापछि बाहिर आएको छ ।

जिल्लाको मंगलसेन नगरपालिकाकी २१ वर्षीया दृष्टिविहीन युवती बलात्कृत भएकी हुन् । पीडित युवतीले २६ चैतमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बलात्कारको आरोपमा रामारोशन गाउँपालिका– ५ का ५१ चेतमान रोकाया पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी ईश्वरीप्रसाद भण्डारीले पीडित युवतीको उजुरीपछि आरोपित रोकायालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । उनका अनुसार पीडित किशोरीले २१ असोजमा जंगलमा बोलाएर आफूमाथि बलात्कार भएको बताएकी छन् । ‘बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणपछि २८ हप्ताको गर्भ रहेको खुल्न आएको छ,’ उनले भने ।

आरोपित रोकाया पनि अपांगता भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते, बुधबार


Scroll to Top

Janata Media