हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडा नं –७ डाँडाफयामा बुधबार अपारन्ह पाँच बजेतिर गाडी दुर्घटना भएको छ । डाँडाफयामा रहेको स्वास्थ्यचौकी नजिकको मोडमा भे १ च १६८५ नम्बरको जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बुधवार सदरमुकाम सिमकोटबाट गाउँ पुगेको जिप मोड्ने क्रममा दुर्घटना हुँदा दुई महिला घाइते भएका छन् । दुर्घटना हुँदा चालक सहित अन्य सवार यात्रु सकुशल रहेपनि दुई जना महिला सामान्य घाइते भएको र स्थानीयले तत्काल उद्धार गरि सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा उपचारका लागि ल्याउदै गरेको स्थानीयले बताए ।
दुई जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लिइएको छ । अन्य यात्रु सकुशल रहेका छन् । घाइते यात्रुको पहिचान भने खुलेको छैन् । थप विवरण खुल्ने भएको छ ।







