पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध तीन अर्बको भ्रष्टाचार मुद्दा दायर

जनता संवाददाता
२०८२ जेष्ठ १ गते, बिहीबार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरीङ एण्ड फ्रड कन्ट्रोल सिष्टम९टेरामक्स० खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपाल दुरसञ्चार प्राधिकरणमार्फत खरिद गरिएको सो प्रणालीमा तीन अर्ब २१ करोड भ्रष्टाचार भएको अख्तियारको दाबी छ।

बस्नेत सञ्चारमन्त्री भएको अवस्थामा खरिदको काम भएको हो। बस्नेत नेपाली कांग्रेसका सांसद हुन्।

आयोगले प्राधिकरणका पूर्वअध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम खनाल, पूर्वसचिव धनराज ज्ञवाली, प्राधिकरणका पूर्वसदस्य टिका उप्रेतीसहित प्राधिकरणका कर्मचारी र आपुर्तीकर्ता कम्पनीलाई प्रतिवादी बनाएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते, बिहीबार


Scroll to Top

Janata Media