बाजुरामा जिप दुर्घटना, ६ जना घाइते

जनता संवाददाता
२०८२ जेष्ठ २ गते, शुक्रबार

बाजुरा । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने खिउने खोला डाँडामा दुर्घटना भएको छ । कोल्टीबाट धुलाचौर जाँदै गरेको म १ ज २३३ जिप खिउने खोला डाँडामा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा चालक हिमाली गाउँपालिका वडा नं २ का २० वर्षीय सबिन बोहराको टाउको चोट, सोही वडा नम्बर ५ कि १८ वर्षीय रंगिता बुढाको टाउको र हातमा १८ वर्षीय जुनिता बुढाको टाउको र बायाँ हात चोट लागेको हिमाली गाउँपालिकाले जनाएको छ ।

सोही वडा १९ वर्षिया विवेक बुढाको बायाँ हात चोट लागेको र हिमाली गाउँपालिका – ६ कि २२ वर्षीय अस्मिता शाहीले चोट लागेको धुलाचौर प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते, शुक्रबार


Scroll to Top

Janata Media