रवीन्द्र मिश्र ५० औं दिनमा हिरासतमुक्त

जनता संवाददाता
२०८२ जेष्ठ २ गते, शुक्रबार

काठमाडौँँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र ठीक ५० दिनमा हिरासतमुक्त भएका छन् । उनलाई गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ गरिएको थियो ।

प्रहरीले मिश्रमाथ संगठित अपराधि राज्यद्रोह र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान गर्न आठ पटक म्याद थप गरिसकेको थियो । हिरासतबास अझै लम्ब्याउने सरकार र प्रहरीको योजना रहेको महसुस गरेर मिश्रले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । आज न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजसाले उनलाई कानून व्यवसायीको रोहबरमा हाजिरी जमानीमा छोड्न आदेश दिएको हो ।

आफू हाजिरी जमानीमा छुटे पनि मुद्दा अझै जारी रहेकाले धेरै खुशी नहुने मिश्रको प्रतिक्रिया उनको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते, शुक्रबार


Scroll to Top

Janata Media