कामीरिता ३१ औँ पटक सगरमाथा चुचुरोमा, तोडे आफ्नै कीर्तिमान

जनता संवाददाता
२०८२ जेष्ठ १३ गते, मंगलवार

सोलुखुम्बु । आरोही गाइड कामीरिता शेर्पाले यस अघि आफैले राखेको कीर्तिमान ताड्दै मङ्गलवार बिहान ४ बजे सगरमाथा आरोहण ३१ औँ पटक सगरमाथा आरोहण गरेका छन् ।

गएको वर्ष शेर्पाले २९ औँ र ३० औँ पटक आरोहण गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने विश्व कीर्तिमानी आरोही बनेका हुन् । उक्त आफ्नै रेकर्ड तोडेर शेर्पाले नयाँ रेकर्ड बनाएका छन् । आरोही शेर्पा गाइडको भूमिकामा उनले सगरमाथा आरोहण गर्दै आएका छन् । सोलुखुम्बुको सगरमाथा आधारशिविर नजिकैको गाउँ थामेमा जन्मिएका शेर्पाको मुख्य पेशा पनि पर्वतारोहण नै हो ।

सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औँ पटकको सफल आरोहण गरेको नेपाल पर्यटन विभागले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते, मंगलवार


Scroll to Top

Janata Media