सेनाको हेलिकोप्टर आकस्मिक अवतरण

जनता संवाददाता
२०८२ जेष्ठ २८ गते, बुधबार

काठमाडौं । खराब मौसमका कारण अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ मा नेपाली सेनाको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।

नेपालगञ्जबाट बाजुरा गइरहेको नेपाली सेनाको हेलिकोप्टर मौसम खराबिका कारण आकस्मिक अवतरण गरिएको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए ।

“सेनाको हेलिकोप्टर ल्याण्ड भएको रहेछ, जयगढबाट प्रहरी टोलीलाई जान भनेका छौं ।” देउवाले भन्नुभयो, ‘‘हेलिकोप्टर अवतरण भएपछि स्थानीयहरु थालाकोट मैदान पुगेको बताइएको छ ।’’

थालाकोट मैदानमा हेलिकोप्टर ल्याण्ड भयो भनेर हाम्रो वडा सदस्य पनि त्यहाँ पुगेको जानकारी बान्नीगढी जयगढ गाउँपालिका–५ का वडा अध्यक्ष टंकबहादुर साउँदले दिए । मौसम सफा भएपछि हेलिकोप्टर उडेर बताइएको छ । बिहानबाटै यस क्षेत्रमा चट्याङसहित वर्षा भइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते, बुधबार


Scroll to Top

Janata Media