काठमाडौं । दैलेखका सरकारी कार्यालयमा छड्के अनुगमन गरिएको छ । सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनबाट ९७ जना कर्मचारीहरू अनुपस्थित रहेको पाइएको छ ।
अनुगमनको बेला अनुस्थित भएका, तोकिएको पोशाक नलगाएका र हाजिर लगाएर पनि कार्यकक्षमा कर्मचारी नभेटिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।
उनले सोमबार बिहान सवा १० बजेदेखि ११ बजेसम्म १८ वटा कार्यालयहरूको छड्के अनुगमन गर्दा ९७ जना कर्मचारी अनुपस्थित ,उपस्थितमध्ये ६७ जना कर्मचारीले तोकिएको पोसाक नगलाएको बताए ।
अनुगमनको क्रममा कार्यालय तथा कर्मचारीको हकमा सम्बन्धित कार्यालय प्रमुखमार्फत स्पष्टीकरण माग गरिने प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाइ छ ।







