मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

जनता संवाददाता
२०८२ असार १६ गते, सोमबार

काठमाडौँ । विशेष अदालतले पूर्वमन्त्री संचार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका सांसद मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतविरुद्ध उक्त धरौटी मागको आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

त्यसको थुनछेक बहसपछिको आदेशमा धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश जारी गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असार १६ गते, सोमबार


Scroll to Top

Janata Media