काठमाडौँ । प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने २० वर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपक राज अवस्थीका अनुसार फेसबुकमा साथी बनी म्यासेन्जरमा कुराकानीका क्रममा पीडितको अश्लिल तस्बीर तथा भिडियो पीडितलाई थाहा नदिइ स्क्रिन रेकर्ड राखी उक्त भिडियो तथा तस्बीर फेक फेसबुक अकाउण्टबाट परिवारका सदस्यलाई पठाइ चरित्रहत्या गरेको खुलेको छ।
उहाँका अनुसार त्यसरी चरित्र हत्या गरेको घटनामा व्यक्ति पहिचानका लागि गरिएको प्राविधिक विश्लेषण र अनुसन्धानबाट भारत, बिहार राज्य, बेतिया जिल्ला सरिसो बजार, सुनलपट्टी स्थायी वतन भएका कुमारको सङ्लग्नता खुल्न आएकोले निज उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको छ।
उनलाई धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ८ खानीखोलाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँको आदेशले पाँच दिन म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







