काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर डियोगो जोटाको कार दुर्घटनामा परी मृत्यु भएको छ ।
पोर्चुगल एवं इङ्लिस प्रिमियर लिग च्याम्पियन टोली लिभरपुलका २८ वर्षीय स्ट्राइकर जोटासँगै उनका २६ वर्षीय भाइ आन्द्रे जोटाको पनि निधन भएको छ ।
दुर्घटनापछि कारमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । जोटाले दुई साताअघि मात्र आफ्ना प्रेमी रुटे कार्डोसोसँग विवाह गरेका थिए ।
जोटाले पोर्चुगलबाट गत महिनामात्र नेसन्स लिगको उपाधि समेत जितेका थिए ।







