काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइलसहित २२ जना पक्राउ

जनता संवाददाता
२०८० कार्तिक २८ गते, मंगलवार

काठमाडौँ । काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैरआवासीय नेपाली संघमा आबद्ध २ जना अभियन्तासमेत रहेका छन् । यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन् ।

सबै गरी जम्मा २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । राजधानीको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ९२ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए ।

उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८० कार्तिक २८ गते, मंगलवार


Scroll to Top

Janata Media