एनआरएनए जापान (कान्तो) का संयोजक पदका उम्मेदवार विप्लव

जनता संवाददाता
२०८२ असार ३२ गते, बुधबार

(कान्तो) जापान । ‘हामी केवल युवा होइनौँ, हामी परिवर्तनको सोच हौँ, सम्भावनाको दृष्टि हौँ, समाधानको शक्ति हौँ।’ यसै सोचका साथ, दिपक सुबेदी ‘विप्लव’ ले ** गैर आवासीय नेपाली सङ्घ, जापान (कान्तो) क्षेत्रीय समिति २०२५–२०२७ कार्यकालका संयोजक पदमा लागि उम्मेदवारी दिएका छन्।

विप्लव बागलुङको गल्कोटमा जन्मेका सन् २०१५ मा ‘सूर्य उदाउने देश’ भनेर चिनिने जापानलाई आफ्नो कर्मभूमि बनाउँदै, उनले सामाजिक सेवामा सक्रिय यात्रा सुरु गरेका थिए।

उनी जापानस्थित निलुवा समाज जापानका संस्थापक सदस्य हुन् । साथै, गल्कोट स्पोर्ट्स क्लब टोकियोका सदस्य, सचिव, र हाल उपाध्यक्षको रूपमा कार्यरत छन्। यस्तै, *गल्कोट समाज जापान (कान्तो)*मा पनि सदस्य, सचिव र हाल केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिरहेका छन्।
विप्लवले एनआरएनए जापानमा सन् २०१५ देखि साधारण सदस्य भएर सुरु गरेका थिए।

सन्  २०१९–२०२१ कार्यसमिति सदस्य, सन् २०२१–२०२३सचिव मा निर्विरोध भएता पनी यस बिचमा त्याग ,सहमति र सहकार्य गरी अगाडी बढ्नु पर्दछ भन्दै उनले छाडेर सहसचिव पदमा जिम्मेवारी सम्हालेका थिए । सन् २०२३–२०२५ उपसंयोजकको रूपमा सक्रिय भई विभिन्न कार्यक्रमको संयोजक भई काम गरेको अनुभव बटुलेका छन् ।

कार्यसमितिमा सबैभन्दा पुरानो र लामो अनुभव बटुलेका अनुभवी सबैको प्रिय विप्लव सबैसँग समन्वय सहमति र सहकार्य गरी अगाडी बढ्नु पर्दछ भन्दै अग्र पङत्तीमा उभिएका छन्

विगत एक दशकभन्दा लामो सामाजिक काम गरेको अनुभव बटुल्दै, उनले जापानका विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरेर आपत् विपत्मा नेपालीहरूलाई साथ र सहयोग गर्दै आएका छन्।

युवा पुस्तामा छुट्टै परिचय बनाएर सफल भयका अनि अध्ययनमा रुचि राख्ने उनी बौद्धिक,शालीन सबैको प्रिय बलियो उम्मेदवार मानिन्छन्।

उनको उम्मेदवारी कुनै प्रतिस्पर्धा हैन, सहकार्य, समावेशिता, र समृद्ध समाज निर्माणको अभियान हो।

अन्तत; उनी भन्छन्, ‘सकिन्छ भने सक्दो सहयोग गरौँ, सकिँदैन भने कसैलाई असर नपारौँ। भन्दै जापान बासी नेपाली जन हरुमा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।’

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् जापान क्षेत्रीय समन्वय परिषद्को एकै दीन जुन २९ तारीक अधिवेशन हुदैछ ।

प्रकाशित मिति : २०८२ असार ३२ गते, बुधबार


Scroll to Top

Janata Media