हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका केन्द्र सर्केगाड झापुकुनामा आगलाली भएको छ । आइतबार बिहान पाँच बजे सर्केगाड गाउँपालिका–४ को झापुकुनामा स्थानीय मानदेव शाहीको जस्तापाताले छाएको पसलमा आगलागी भएको छ ।
आइतबार विहान ज्ञानु फेन्सी किराना पसल जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए । पसल पूर्णरुपमा आगलागी भएर नष्ट हुँदा किराना सामान, स्टेशनरी, कपडा, पेटेल लगायतका सामान जलेर नष्ट भएको हो ।
पसलमा लागेको आगो अन्य पसलमा जान नदिएर स्थानीय, र सर्केगाड प्रहरीको दश जनाको टोली सक्रिय भएर नियन्त्रणमा आएको छ । पसल जलेर नष्ट हुँदा यसको लागतमा कति क्षति भएको र के कति कारणले आगलागी भएको प्रहरीको मुचुल्का पछि जानकारी हुने प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।







