हुम्लामा माओवादी कार्यकर्ताद्धारा एमाले कार्यकर्ता कुटिए

जनता संवाददाता
२०७९ कार्तिक २० गते, आईतवार

नन्द सिंह, हुम्ला । नेकपा एमालेका कार्यकर्ता ताँजाकोट गाउँपालिका–२ मैला गाउँका ३० वर्षीय नरेन्द्र बुढा, २७ वर्षीया भावना बुढा र १८ वर्षीय मानबहादुर बुढालाई नेकपा माओवादी केन्द्रका कार्यकर्ता सोही गाउँपालिका–१ काणा गाउँका २७ वर्षीय राजबहादुर खड्का र २० वर्षीय सरजन खड्काले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

आफ्नै घरमा बसिरहेको अवस्थामा कात्तिक १८ गते नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटि अध्यक्ष विमला केसीको नेतृत्वमा आएको टोलीले नरेन्द्रको मोटर साइकललाई तोडफोड गरेपछि कुटपिट समेत गरेको नरेन्द्रका बुवा अजमल बुढाले आरोप लगाएका हुन् ।

बुढाका अनुसार घाइते तीनै जनाको टाउकोमा चोट लागेको र घाइतेको सोही गाउँपालिकाको सुमन मेडिकलमा उपचार भइरहेको छ ।

छप्रेला प्रहरी चौकीका प्रहरी जवान टिकाराम तिमिल्सिनाले आरोपित पक्षले भाडामा लगेको गाडी नरेन्द्रको घर अगाडी राख्ने क्रममा सामान्य धकेलपकल हुँदा विवाद सुरू भएको हो कुटपिट नभएको बताए । पीडित पक्षले कात्तिक १८ गते प्रहरी चौकीमा उजुरी गरेकाले छलफलका लागि असई खगेन्द्र सुनारको टोली कात्तिक १९ गते घटनास्थलतर्फ गएको बताए ।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते, आईतवार


Scroll to Top

Janata Media