एनपिएलको दोस्रो संस्करण मसिंर १ देखि २७ सम्म आयोजना हुने

जनता संवाददाता
२०८२ भाद्र ५ गते, बिहीबार

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आगामी मसिंर १ देखि २७ गतेसम्म आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपिएलको मिति तोकेको हो। यो संस्करणको एनपिएल पनि काठमाडौंमा नै आयोजना हुनेछ।

पहिलो संस्करणको एनपिएल भव्यताका साथ सम्पन्न भएको थियो। पहिलो संस्करण जनकपुर बोल्ट्सले जितेको थियो।

प्रकाशित मिति : २०८२ भाद्र ५ गते, बिहीबार


Scroll to Top

Janata Media