नेपाललाई बङ्गलादेश हराउने चुनौती

जनता संवाददाता
२०८२ भाद्र ८ गते, आईतवार

काठमाडौँ । भुटानमा जारी साफ यु–१७ महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज साँझ बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा हुने खेलमा नेपाल दोस्रो जित निकाल्ने लक्ष्यमा छ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो ।

नेपालले दोस्रो खेला आयोजक भुटानलाई २–१ गोलले पराजित गरेको थियो । यस्तै बङ्गलादेश पनि दोस्रो जित निकाल्ने लक्ष्यमा छ । यसैगरी यसअघि भुटानलाई २–१ गोलले हराएको बङ्गलादेश भारतसँग २–० गोलले पराजित भएको थियो ।

च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहेको छ । एक अर्कासँग दुई दुई खेल खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले आज बङ्गलादेशसँग खेलेपछि पुनस् बङ्गलादेशसँग अगस्ट २७ तारिख, भारतसँग २९ तारिख र भुटानसँग ३१ तारिख प्रतिस्पर्धा गर्नेछ ।

 

प्रकाशित मिति : २०८२ भाद्र ८ गते, आईतवार


Scroll to Top

Janata Media