
काठमाडौँ । हुम्लामा एक महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास भएसँगै आरोपित तिन जनालाई सात दिनको म्याद थपेर हिरासत पठाइएको छ । जिल्ला प्रहरी, हुम्लाले पक्राउ गरेर ताँजाकोट गाउँपालिका वडा नं ३ मा पर्ने मैला स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढालाई सात दिनको म्याद थपेर हिरासत पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलका अनुसार आरोपित तिन जनाविरुद्ध अभद्र व्यवहार र गालिगलौचमा मुद्धा दर्ता भएको, उनीहरुलाई सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।
पिडित स्वास्थ्यकर्मी जनता मिडियाको सम्पर्कमा आएकी छन् । उनले जनता मिडियालाई बताए अनुसार तिन जना हरितालिका तिजको दिन मगंलबार १० गते राति ११ बजे रक्सिी खाएर मात्तिएर आएर बलात्कार प्रयास गरेको आरोप छ ।
‘दिनमा तिज मनायौं । रमाइलो गर्यों । दिनमा पनि उहाँहरु रक्सि आएर होसमा हुनुहुन्न्थ्यो । राति ढोका लगाएर सुतेको थिंए । उहाँहरु तिन जना ढोका खोल भन्दै ढोकामा लात्तिले हान्नुभयो । म आत्तिएं । एकदमै डर लागिरहेको थियो । तत्काल प्रहरीलाई सम्पर्क गरें । गाउँपालिकाको रोहबरमा प्रहरी २० मिनेटमै आइपुग्यो । त्यसपछि मात्रै मैंले सास फेर्न पाएं । ढोका नलगाएको भए उहाँहरु तिनै जना भएर बलात्कार गर्ने रहेछन् । उहाँहरुको मनसाय नै त्यही देखिन्थ्यो ।’ जनता मिडियासँग उनले भनिन् ।
उनले थपिन्, ‘मैंले उजुरी लिन्छु भनेपछि विभिन्न किसिमका राजनितिक दबाव आउन थाले । वडाध्यक्षहरु, कर्मचारीहरुलगायत स्वास्थ्य संयोजकले समेत मिल्न दबाव दिईरहे र मैंले नमानेर प्रहरीले प्रकाउ गरी तिनै जनासहित म सिमकोट गयौं । अहिले उहाँहरुलाई हिरासतमा राखिएको छ ।’
गाउँपालिका अध्यक्ष लगायत धेरै व्यक्तिले मुद्धा मिलाउन दबाव दिएको उनले बताईन् । आफुले सबै फोन म्यासेज इन्कार गरेपछि बार्गेनिङ गर्न पनि नसकेको उनको भनाई छ । ‘मैंले न्याय पाउनुपर्छ । उनीहरुलाई हदैसम्मको कारबाही हुनुपर्छ । मेरो माग नै यहि हो । न्याय नपाएसम्म लडिरहन्छु ।’ जनता मिडियासँग उनले भनिन् ।
हुम्लामा स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास ! ईन्चार्ज, एम्बुलेन्स चालक र कार्यालय सहयोगी पक्राउ