देव खनालले हात पारे वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड

जनता संवाददाता
२०८० माघ २९ गते, सोमबार

काठमाडौं । नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड खनालले जितेका हुन् । विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार दिइनेछ ।

खनालकै कप्तानीमा नेपाली टोली आठ वर्षपछि आईसीसी यू–१९ विश्वकप क्रिकेटमा छनोट भएको थियो भने उनकै कप्तानीमा नेपालले यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो ।बक्सिङकफी सुष्मा तामाङ र एथलेटिक्सकी राममाया बुढालाई पछि पार्दै खनालले सो अवार्ड हात पारेका हुन् ।
त्यस्तै पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पारा एथलिट अवार्डबाट मैया बिशुंखे सम्मानित भएकी छन् ।

प्रकाशित मिति : २०८० माघ २९ गते, सोमबार


Scroll to Top

Janata Media