कार्यकारी भूमिकाबाट देउवाको बिदाई, कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

जनता संवाददाता
२०८२ आश्विन २८ गते, मंगलवार

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिमा उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन् ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘‘ मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु । उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।’’

उहाँ नेपाली कांग्रेसको पूर्व महामन्त्री हुनुहुन्छ। उपसभापति खड्का शालीन नेता एवम् कुशल वार्ताकार पनि हुन्छ। खड्का दुई पटक गृहमन्त्री, दुईपटक युवा तथा खेलकुद मन्त्री, सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्री भइसकेका छन्।

प्रकाशित मिति : २०८२ आश्विन २८ गते, मंगलवार


Scroll to Top

Janata Media